काठमाडौंको एक होटलबाट तास खेलिरहेका २५ जना पक्राउ काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बहतीपोखरीस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा २५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उक्त होटेलभित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई १० लाख ९७ हजार रुपैयाँ नगद, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईनसहित पक्राउ गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्