महासंघले तोक्यो महामारीमा सम्पर्क व्यक्ति
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले महामारीको समयमा समस्या परेमा सम्पर्क गर्ने व्यक्ति तोकेको छ। महासंघले तोकेका सम्पर्क व्यक्तिले सर्वसाधारण समस्या पर्दा सहयोग गर्ने बताइएको छ। अक्सिजनमा रामचन्द्र संघाई, अस्पताल सहजीकरणमा हेमराज ढकाल, एम्बुलेन्समा रन्जितराज आचार्य, औषधिमा प्रवबलजंग पाण्ड र होटलमा ज्योत्सना श्रेष्ठ तोकिएका छन्। उनीहरुले कोभिडका विरामीलाई चाहिने सम्बन्धित क्षेत्रको सहयोग गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्