भारतमा नागरिकता संशोधन कानूनको विरोधमा भइरहेको प्रदर्शनमा के कारणले महिला सहभागिता यतिविघ्न बढेको होला ?
सन् १८५७ को क्रान्तिको विश्लेषण विभिन्न कोणबाट हुँदै आएको छ। त्यो घटना सिपाही विद्रोह, धर्मयुद्ध वा जनआन्दोलन के थियो भन्ने एउटा प्रमुख प्रश्न रहिआएको छ। इतिहासकारहरूको एउटा तप्काले १८५७ को घटना ‘मुलुकमा पहिलोपटक भएको थिएन, राष्ट्रियस्तरको पनि थिएन र जनआन्दोलन पनि थिएन’ भन्ने गरेका छन्। अर्काथरी त्यस घटनालाई राज्यविरुद्ध असन्तुष्ट बनेकाहरूको विद्रोह भन्छन् भने केही इतिहासकारले त्यसलाई पहिलो जनआन्दोलन मान्छन्, हिन्दू–मुस्लिम, महिला–पुरुष सबैले मिलेर संघर्ष गरेका कारणले।
त्यो जनआक्रोश रानी लक्ष्मी बाई, हजरत महल वा जीनत महलसम्म सीमित थिएन। त्यसमा आममहिलाको सहभागिता थियो, जसबारे भारतीय इतिहास अहिलेसम्म मौन छ।
पछिल्ला वर्षहरूमा कसरी राजनीतिलाई केबल पुरुषको विषय ठानेर संगठित रूपमा महिला सहभागितालाई नजरअन्दाज गरिएको थियो भन्ने विषयमा चर्चा शुरू भएको छ। अहिले अजीजन बाईदेखि झलकारी बाई, अदला, जमीला र हबीबीको भूमिकामाथि इतिहास लेख्न शुरू गरिएको छ।
महिलालाई घर सम्हाल्ने काममा सीमित गर्ने वा उनीहरूको योगदानलाई यो पुरुषप्रधान समाजले नजरअन्दाज गर्ने प्रवृत्ति निकै पुरानो परम्पराको रूपमा रहेको छ। सन् १८७५ पछि संगठित रूपमा महिलाले गरेको आन्दोलनको सूचीमा सन् १९०५ मा बंगाली महिला आन्दोलन प्रमुख रूपमा रहेको छ।
वास्तवमा हरेकजसो भारतीय आन्दोलनमा महिलाको भूमिका आवश्यकता बमोजिम पुरुष प्रधान नेतृत्वले तय गरेको छ। आन्दोलनमा महिलाको आवश्यकता परेका बखत उनीहरूलाई सहभागी गराउने र आवश्यकता सकिएपछि घरायसी जिम्मेवारीमा फिर्ता पठाउने गरिँदै आएको छ। त्यसपछि फेरि अर्कोपटक आवश्यक नपर्दासम्म उनीहरूलाई घरको चौघेरामा बन्द गरिन्छ।
हालैका वर्षमा भएको जाट र मराठा आन्दोलनमा महिला र बालिकालाई पुरुषप्रधान नेतृत्वले अगाडि सार्यो। तर, महिलाले आफ्नो खुशीले आन्दोलन हाँक्न पाएनन्।
जामियाको आन्दोलन किन उदाहरणीय हो ?
महात्मा गान्धीले महिलालाई राष्ट्रव्यापी आन्दोलनसँग जोडेका थिए। त्यसको पछाडि कहीं न कहीं ‘महिलाहरू स्वभावैले अहिंस्रक हुन्छन्, जसबाट अहिंसाको सिद्धान्त पूरा हुन सक्छ’, भन्ने गान्धीको कल्पना जोडिएको थियो।
त्यसैले बेलायतको उपनिवेशबाट स्वतन्त्र नहोउन्जेलसम्म महिलालाई आन्दोलनमा उपयोग गरियो। त्यसपछि फेरि उनीहरूलाई घरको चौघेरोमा बन्द गर्न फिर्ता पठाइयो।
अहिले नागरिकता संशोधन कानूनको विरोधमा भइरहेका आन्दोलनमा जस्तो आममहिलाको भावनात्मक सहभागिता सन् १९४७ देखि आजसम्मका कुनै पनि आन्दोलनमा सायद देखिएको थिएन।
नागरिकताको मुद्दाले महिलालाई साह्रै स्तब्ध बनाएको छ। मैले यस्तोसम्म पनि देखें कि १३–१४ वर्षकी बच्चीहरू समूह बनाएर सडकमा नारा लगाउँदै थिए– घरबाट बाहिर (आन्दोलनमा) निस्क, अहिले नलडे कहिले लड्ने ? यी बच्चीहरूका यस्ता नारामा कहीं न कहीं आफ्नो अस्तित्वलाई लिएर डर र गहिरो पीडा थियो। कैयौं वृद्ध महिलाहले रिक्सामा बसेर भए पनि प्रदर्शनमा भाग लिएका थिए।
पूरै आन्दोलन गान्धीवादी अहिंसामा आधारित थियो। कुनै पनि मूल्यमा यसलाई हिंस्रक हुन दिनुहुँदैन भन्ने सोच देखिन्थ्यो। बारम्बार सडकमा अहिंसा कायम राख्न आग्रह भइरहेको थियो। त्यतिमात्र होइन, विरोधलाई शान्तिपूर्ण बनाउन मस्जिदबाट पनि अपील गरिएको थियो।
यो विरोध १३ डिसेम्बरमा युनिभर्सिटी (जामिया मिलिया इस्लामिया विश्वविद्यालय) क्याम्पसदेखि शुरू भएको थियो। जसमा शिक्षिकाको संख्या खासै थिएन। तर, १५ डिसेम्बरमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरी कारबाहीपछि यो अभियान एकाएक जनआन्दोलनमा परिणत भयो। जसमा पूरै सडक महिलाले ढाके। अगुवाइ पनि गरे।
आफ्नो परिवार तथा समुदायमाथि खतरा आइपरेपछि मात्र आन्दोलनमा महिला सहभागिता भएको भन्ने वृतान्त इतिहासमा पाइन्छ। महिलाविद् उर्वशी बुटालिया पनि सहमत छिन्। उनी भन्छिन्, “यस्ता आन्दोलनमा महिलाले शान्तिदूतको रूपमा भाग लिइरहेका छन्। जसको तत्कालीन उद्देश्य आफ्नो परिवारलाई कसरी बचाउने भन्ने हुन्छ। मर्ने वा मार्ने नाराले उनीहरू सहभागी भएका हुँदैनन्। उनीहरू पुरुषजस्तो राजनीतिक दबाबको अगाडि झुक्दैनन् पनि।”
‘संवेदनशील महिला’
हिजोआज शाहीनबागमा सत्याग्रहमा बसिरहेका महिलामा एकप्रकारको जुझारुपन स्पष्ट रूपमा देख्न सकिन्छ। उनीहरूलाई नागरिकता कानूनको संशोधनबारे थाहा हुन वा नहुन पनि सक्छ, तर कम्तीमा यति थाहा छ– यो उनीहरूको अस्तित्वको लडाइँ हो।
वास्तवमा महिला सजिलै गल्दैनन्। विभाजनकै समयलाई हेरौं न। त्यसबखत थुप्रै महिलाले भारत वा पाकिस्तान जाने वा आउने प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेका थिए।
सडकमा आन्दोलनरत महिलाले उनीहरूको सांस्कृतिक विरासत ताजमहल होइन, लालकिल्ला हो भन्ने सम्झना दिलाइरहेका छन्। यो चिसो मौसममा ६ महिनाको बच्चालाई काखमा लिएर रातभर धर्नामा बसिरहेका महिलाले उनीहरूले यो मुद्दालाई कति संवेदनशील रूपमा लिएका छन् भन्ने प्रमाणित गरेका छन्।
यो आन्दोलनको चर्चाको केन्द्र आन्दोलनको त्यस्तो भीडमा पनि प्रहरीलाई चुनौती दिइरहेका जामिया विश्वविद्यालयका युवतीहरू हुन्। उनीहरूको त्यस्तो चुनौतीले पूरै देशमा कम्पन ल्याएकाे थियाे।
चन्दा यादव आफ्ना मुसलमान भाइबहिनीका लागि प्रशासनसँग लड्न सक्छिन् भने उनीहरू आफैं आफ्नो अधिकारका लागि किन लड्न सक्दैनन् भन्ने कुराले सायद उनीहरूलाई यसको प्रेरणा दिएको हुनुपर्छ। चन्दा यादव करोडौं मुसलमान युवतीहरूका लागि एक आदर्श बनिसकेकी छन्। यो आन्दोलनको प्रमुख कडी प्रहरी–प्रशासनलाई चन्दाले दिएको त्यो खुल्ला हाँक हो, जसलाई कहिल्यै बिर्सन सकिने छैन।
एकदमै चिसो मौसममा जामियाका छात्राहरूको १६ डिसेम्बरको प्रदर्शनले देशभरका विश्वविद्यालयलाई एकजुट गराइदिएको छ।
‘गुलाब क्रान्ति’
एकातर्फ दिल्लीको यो घटना महिला आन्दोलनको प्रतीक बन्यो भने ठीक त्यही समय अलीगढमा भइरहेको यस्तै अर्को घटनाको खासै चर्चा भएन। किनभने त्यहाँको आन्दोलनको नेतृत्व महिलाले गरेका थिएनन्।
दिल्ली प्रहरीका जवानलाई गुलाब दिँदै गीत गाइरहेका युवतीहरूले भनिरहेका थिए– हामीसँग कुरा गर।
वास्तवमा यस्तो संवादले गुलाब क्रान्ति गर्यो। र, सन्देश दियो– उनीहरू इतिहास पढ्न होइन, बनाउन निस्केका थिए।
वास्तवमा प्रेमको प्रतीकको रूपमा गुलाबको प्रयोग गर्नु दिल्ली आन्दोलनको एक विशिष्ट तरिका थियो, जसले धेरैको ध्यान खिच्यो। जामिया विश्वविद्यालयकी उपकुलपति प्राध्यापक नजमा अख्तरले यो विषयमा जुन संवेदनशीलता देखाइन्, त्यो अलीगढ विश्वविद्यालयमा देखिएन।
यसले पनि प्रमाणित गर्यो– महिलाभित्रको निडरपना उनीहरूको नेतृत्वमा अझ मुखरित हुन्छ। दिल्लीको यो आन्दोलनले महिला नेतृत्व र सहभागितामा भएको प्रदर्शन ऐतिहासिक रूपमा शान्तिपूर्ण हुन्छ भन्ने पनि प्रमाणित गर्यो।
पर्यावरणको रक्षा गर्न रुखमा टाँसिएर फँडानी रोक्ने ‘चिपको आन्दोलन’ इतिहासका पानामा कैद छ। त्यो आन्दोलनदेखि आफ्नो अस्तित्व रक्षाका लागि अहिलेको चिसो ठन्डीमा दिन–रात सडक धर्नामा बसेका शाहीनबागकी महिलाको योगदानलाई कहिल्यै भुल्न सकिँदैन।
बीबीसी हिन्दीबाट भावानुवाद
" /> - फिरदौस अज्मत सिद्धिकीभारतमा नागरिकता संशोधन कानूनको विरोधमा भइरहेको प्रदर्शनमा के कारणले महिला सहभागिता यतिविघ्न बढेको होला ?

">