कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव नदीमा फालिएको हो?
एजेन्सी। भारतको उत्तर प्रदेशस्थित गंगा नदीमा सयवटा लाश तैरिरहेको भेटिएपछि प्रहरी–प्रशासन यसको रहस्य खोज्न थालेको छ। महामारीको चपेटाबाट मृत्यु भएका मानिस जलाउन काठको अभावका कारण लाश नदीमा बगाइएको आशंका प्रहरीले गरेको छ। नदीमा भेटिएका लाश ४ देखि ५ दिनसम्म पुराना रहेको अनुसन्धानले देखाएको छ। उत्तर प्रदेशमा अहिले नदी वरपर प्रहरी गस्ती वृद्धि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्