महामारीविरुद्ध लड्न सरकारको साथमा निजी क्षेत्र
काठमाडौं। महामारीविरुद्ध लडिरहेको सरकारलाई निजी क्षेत्रले साथ दिन थालेका छन्। आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै निजी क्षेत्रले सरकारलाई सहयोग गर्न थालेका हुन्। यसबीचमा विभिन्न व्यवसायिक छाता संगठन, व्यवसायिक समूह र व्ययवसायीहरुले व्यक्तिगतरुपमा सहयोग गर्न थालेका हुन्। यसैगरी, गैरआवासीय नेपालीहरुले पनि सरकारलाई निरन्तर सहयोग गरिरहेका छन्। व्यवसायीहरुले अक्सिजन, कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइ रहेका छन्।
प्रतिक्रिया दिनुहोस्