पुनर्निर्माणको काम गर्न रूकुमबाट आएका पुरुष काभ्रेमा मृत फेला
<p>काभ्रे। चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा १२ पुस दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। </p>
<p>११ पुस राति अत्यधिक मात्रमा मादकपदार्थ सेवन गरेको भन्ने बुझिएको र चिसोका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। शव बाटोमा उत्तानो अवस्थामा फेला परेको थियो। </p>
<p>वडाध्यक्ष राजकुमार गौतमले गत १५/१६ मङ्सिरबाट रुकुम सानोभेरी गाउँपालिकाबाट आएका करीब ११/१२ जनाले चौरीदेउरालीको विभिन्न ठाउँमा भूकम्प पुनर्निर्माणको काममा ज्यामी काम गर्दै आइरहेको पाइएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्