प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने
पोखरा।कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् ।

पोखरा रङ्गशालामा १२ पुसमा भएको वुमन्स ओपनको सेमिफाइनलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गरिन् भने सलोनीले गङ्गा शर्मालाई ६–०, ६–२ ले पराजित गरेकी हुन्।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलमा डिफेण्डिङ च्याम्पियन कमल भण्डारी, छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाएका छन्। कमलले भीष्मजङ्ग गुरुङलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नवीन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गरे।

त्यस्तै ४५ वर्षमाथिका एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमनेसामने हुनेछन् । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गरे। सोही उमेर समूहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

प्रतियोगिताको ५५ वर्षमाथिको एकलमा कमल थापाले ध्रुव गुरुङलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले, मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदीप शाहले राजकुमार गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्