राराका माछा किन मरे ?

मुगु। असला माछा धमाधम मर्न थालेपछि राराताल दुर्गन्धित भएको छ। हिउँ खोलामा हुने माछाको उक्त प्रजाति रारातालमा मरेको यो पहिलो घटना हो।

मरेर तालको किनारदेखि बीच भागमा उत्रिएका माछालाई चराले टिपेर खान थालेका छन्।

विषादीका कारण माछा मरेको अनुमान छ। मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दा डराएका छन्। मरेका माछाले वरपरको वातावरण प्रदूषित भएको मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए।

"एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका छन्," उनले भने।

हिमपातले वनजंगलको विषादियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताएको खबर कान्तिपुर दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस्