क्वाडबारे बंगलादेशले दियो चीनलाई कडा जवाफ
एजेन्सी। बंगलादेशले क्वाडको सदस्य बन्न लागेको आशंकामा चीनले सहयोग बन्द हुन सक्ने चेतावनी दिएपछि त्यसको कडा जवाफ पाएको छ। बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने, ‘हामी हाम्रो विदेश नीति आफैं तय गर्न सक्छौं। हाम्रो देश एक सम्प्रभु राज्य हो। चीनले यस्तो चेतावनी दिनुहुँदैनथ्यो।’ अमेरिका, जापान, अस्ट्रेलिया, भारत क्वाडमा छन्। बंगलादेशका लागि चिनियाँ राजदूतले क्वाडतिर नढल्किन बंगलादेशलाई सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्