सभामुखको उम्मेद्वार तय गर्न बोलाइएको नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

गत साता सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो ।

यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्