भारतमा अवैध युरेनियमको बरामद भएकोमा चीनले मुख खोल्यो बीबीसी। भारतको मुम्बईमा सात किलो युरेनियम बरामद भएको घटनाप्रति चीनले मुख खोलेको छ।चीनले युरेनियमलाई सुरक्षित राख्नु भारत सरकारको जिम्मेदारी भएको बताएको छ। "परमाणु आतंकवाद अन्तर्राष्ट्रिय समुदायको सुरक्षाको लागि सबैभन्दा ठूलो चुनौती हो। परमाणु सामाग्रीलाई लिएर जवाफदेही बन्नु सरकारको कर्तव्य हो," चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआँ चनयिङ्गले भनेका छन्। युरेनियम बरामद भएकोप्रति हिजो पाकिस्तानले पनि चिन्ता व्यक्त गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्