इजरायलको आक्रमणविरुद्ध उभिए मुस्लिम देश बीबीसी। इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गरेपछि मुस्लिम देशहरू इजरायलविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र समर्थन पनि मागेका छन्। अर्गनाइजेसन अफ इस्लामिक कोअप्रेसन (ओआइसी)को सदस्य राष्ट्रका राष्ट्रसंघीय प्रतिनिधिहरुले समर्थन जुटाउने प्रयास गरेका हुन्। उनीहरुको बैठकले पछिल्ला प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको निन्दा समेत गरेको छ। उनीहरुले संयुक्त राष्ट्रसंघकको मुख्यसत्र बोलाउन मागसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्