भारत बायोटेकले भन्यो- कोरोना खोपको अतिरिक्त डोज दिन सक्दैनौं एजेन्सी। कोभ्यासीन बनाउने कम्पनी भारत बायोटेकले दिल्ली सरकारलाई कोरोना खोपको अतिरिक्त डोज दिन नसक्ने बताएको छ। दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले यो जानकारी दिएका हुन्।दिल्लीमा कोभ्याक्सीन सकिएको र यसका कारण १७ स्कुलमा स्थापना गरिएको १०० खोप सेन्टर बन्द गर्नु परेको उनले जनाए।भारत बायोटेकले केन्द्र सरकारको निर्देशनमा खोप उपलब्ध गराउन नसक्ने समेत बताएको छ।यसले खोपमा केन्द्र सरकारको 'कन्ट्रोल' नभएको देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्