"> ग्यास उद्योगीलाई पीडीओ लिन ९० दिनको अल्टिमेटम: Dekhapadhi
ग्यास उद्योगीलाई पीडीओ लिन ९० दिनको अल्टिमेटम
काठमाडौं। नेपाल आयल निगमले ग्यास उद्योगीलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन ९० दिनको अल्टिमेटम दिएको छ।

१४ माघ २०७१ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माणका लागि निगमबाट अनुमति लिए पनि ती निर्माणाधीन उद्योगले पीडीओ भने लिएका छैनन्।

८ पुसदेखि लागू हुने गरी ९० दिनभित्र पीडिओ प्राप्त गर्न नसक्ने उद्योगीहरूको अनुमति खारेज हुने निगमले चेतावनी दिएको छ। निगमको एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित)को विनिमय ४ बमोजिम पीडीओ प्राप्त गर्न सूचना गरिएको निगमको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्