निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ९९ जनालाई होल्डमा राखियो
काठमाडौं। नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ९९ जनालाई होल्डमा राखी छाडेको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी गरिएका स्थान तथा जिल्लामा अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्यलाई निषेध गरिएको छ। यस्तै, अनावश्यक रुपमा हिडडुल गर्न पनि दिइएको छैन।
प्रतिक्रिया दिनुहोस्