प्रहरीद्वारा ४ हजार ७ सय १२ जनालाई निःशुल्क मास्क वितरण काठमाडौं। प्रहरीले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय १२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि संचालित 'तपाईंको मास्क खोई ?' कार्यक्रमअन्तर्गत ती मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। प्रहरीले 'संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ' भन्ने नारासहित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्