स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ७९३ जनालाई जरिवाना काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा प्रहरीले आज ७ सय ९३ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन,२०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी गरिएका स्थानहरुमा मास्क नलगाइ हिड्ने र अनावश्यक काममा हिडडुल गर्न निषेध गरिएको छ। प्रहरीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न अहिले बिभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्