निषेधाज्ञको अवज्ञा गर्ने ३ हजार ५५७ वटा सवारी साधन नियन्त्रणमा काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबीस घण्टामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ३ हजार ५५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये १ हजार ३७ वटा गाडी र २ हजार ५२० वटा मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।निषेधाज्ञा जारी गरिएका स्थानमा प्रहरीले अत्यावश्यक सेवा तथा पास भएकाबाहेक अन्यलाई निषेध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्