फिलिपिन्समा ५.८ रेक्टरको भूकम्प मनिला। फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिरो थियो। केन्द्रले यस भूकम्पबाट थप परकम्पनहरू उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ। यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो। (रासस/सिन्ह्वा)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्