अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङभित्र ढुङ्गामाटो खस्दा एक जनाको मृत्यु
संखुवासभा। चिचिला गाउँपालिका-३ पुखुवास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउस सुरुङभित्र ढुङ्गामाटो खस्दा चोट लागेर एक जनाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँट नगरपालिका-१२ बस्ने ३७ वर्षीय कृष्ण राना रहेका छन्। कामदारहरूले रड ओसारपसार गर्ने क्रममा सुरुङमार्गको माथिल्लो भित्ताबाट ढुङ्गामाटो खस्दा उनलाई चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्