सुएज नहर विस्तार गर्ने इजिप्टको योजना कायरो। इजिप्टले सुएज नहरको दक्षिणी भागलाई ४० मिटर फराकिलो र ६६ फिट गहिरो बनाउने भएको छ। गत मार्चमा एउटा पानीजहाज नहरमा फसेपछि केही दिन नहर बन्द भएको थियो। सुएज क्यानल अथोरिटीका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले इस्मालिया शहरको एक समारोहमा यस्तो घोषणा गरेका हुन्। कार्यक्रममा इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र सरकारका उच्च पदाधिकारी सहभागी थिए। (रासस/एपी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्