काबुलनजिकको सहर तालिबानी कब्जामा, रमजानकै दिन २५५ जना मारिए
एजेन्सी। अफगानिस्तानमा संघर्ष भइरहेका बेला राजधानी काबुलनजिकको वारदाक प्रान्तको नेरख सहर तालिबानले कब्जामा लिएको छ। ईदअघि तीन दिन संघर्षविराम घोषणा भएपछि तालिबानले उक्त सहर कब्जामा लिएको हो।
अफगानिस्तानमा रमजानको अवधिमा तालिबानका तर्फबाट भएको हिंसामा २५५ जना मारिनुका साथै पाँच सय जना घाइते भएका छन्। रमजानमा तालिबानले दुई सय बम आक्रमण र १५ आत्मघाती हमला गरेको छ।
प्रतिक्रिया दिनुहोस्