गलत आँकलनका कारण भारतमा कोरोना बढ्योः डा. फाउची एजेन्सी। अमेरिकी वरिष्ठ महामारीविद् डा. एन्थोनी फाउचीले भारतमा कोरोना संक्रमणको अवस्था डरलाग्दो हुनको कारण परिस्थितिको गलत आँकलन भएको बताएका छन्। कोरोना कहर साम्य नभई हतारमा प्रतिबन्ध खुकुलो पार्नाले भारतमा स्थिति नियन्त्रणबाहिर पुगेको उनको भनाइ छ। भारत यतिखेर कोरोनाको दोस्रो लहरसँग जुधिरहेको छ। अस्पतालमा शैय्या छैन, अक्सिजन अभाव छ, भ्याक्सिन र अन्य औषधिको पनि कमी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्