७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा काठमाडौं। देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाहरुमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। हाल निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमध्ये ६ जिल्लामा आंशिक र ६७ जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा जारी गरिएका जिल्ला र स्थानहरुमा अत्यावश्यक सेवा र पास लिएका बाहेक अन्य सवारी साधनको आवागमनलाई निषेध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्