हिमाली जिल्ला मुस्ताङमा आज रातीबाट निषेधाज्ञा
काठमाडौं। मुस्ताङमा आज राती १२ बजेबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। मुस्ताङको थासाङ, घरपझोङ र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा जेठ ६ गते राती १२ बजेसम्म कायम रहने जनाइएको छ। योसँगै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्