देशका १९४ स्थानमा वर्षा, सबैभन्दा बढी झापामा काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका २१३ वटा वर्षा मापन केन्द्रहरुमध्ये १९४ वटामा वर्षा मापन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी केन्द्रमा ४७.४ मिलिमिटर मापन गरिएको छ। वर्षा मापन गरिएका केन्द्रहरुमध्ये २२ वटामा २५ मिलिमिटरभन्दा बढी र १०६ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्