उपप्रधानमन्त्री पोखरेल र राजदूत बेरीबीच संवाद, अर्कोसाता अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेण्डी बेरीबीच कोरोना भाइरस संक्रमण रोकथामका लागि सहयोग जुटाउन आज संवाद भएको छ। संवादमा अमेरिकाले अर्को साता नेपाललाई स्वास्थ्य सामाग्रीहरू सहयोग गर्ने राजदुत बेरीले बताए। केहीदिन अघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक सारा बेस्लो नयन्तीसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्