इजरायलका सहरमा सामुदायिक हिंसा भड्किदै
सीएनएन। इजरायल र प्यालेस्टाइनका सैनिक बीच हवाइ तथा रकेट आक्रमण भएपछि इजरायलका सहरमा सामुदायिक हिंसा भड्केको छ। केही सहरहरूमा यहुदी र मुस्लीम समुदायबीच हिंसात्मक गतिविधि भएको इजरायलका मिडियाले जनाएका छन्। केही स्थानमा यहुदीले मुस्लीममाथि र मुस्लीमले यहुदीमाथि आक्रमण गरेको दृश्य इजरायली मिडियाले प्रसारण गरेका छन्। हिंसात्मक घटना भएपछि धेरैजना घरबाट बाहिर निस्केका छैनन्।
प्रतिक्रिया दिनुहोस्