नेपाली सेनाको टोलीले गर्यो आमादब्लम हिमालको सफल आरोहण
काठमाडौं। नेपाली सेनाको एक टोलीले आज ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेको छ। 'सफा हिमाल अभियान-२०२१' को दौरान हाइ क्याम्पको फोहोर संकलन गर्ने क्रममा नेपाली सेनाका सहसेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पालगायतको टोलीले आज विहान ९:५८ बजे हिमालको सफल आरोहण गरेको हो।
प्रतिक्रिया दिनुहोस्