काठमाडौं। न्युजिल्यान्डका टम ब्लुन्डेलले शतक बनाए पनि नाथन लियोन र जेम्स प्याटिन्सन मिलेर सात विकेट लिएपछि अस्ट्रेलियाले आज दोस्रो टेष्टमा २४७ रनको विजय हासिल गरेको छ। जितसँगै अस्ट्रेलियाले तीन खेलको टेष्ट शृंखला २–० ले जितेको छ।
लियोनले ८१ रन दिएर ४ तथा प्याटिन्सनले ३५ रन दिएर ३ विकेट लिएपछि ४८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २४० रन जोड्दा सबै विकेट गुमाएको हो। न्युजिल्यान्डका ब्लुन्डेलले १२१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। भ्रमणकारी न्युजिल्यान्डका हेनरी निकोल्सले ३३ रन बनाए भने मिचेल सन्टनरले २७ र विजे वाट्लिङले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले १३७–४ को स्थितिबाट चौथो दिनको शुरू गरेको थियो। चौथो दिन थाल्दा म्याथ्यु वेड १५ तथा ट्रभिस हेड १२ रनको स्थितिमा थिए। घरेलु टोलीले पाँच विकेट गुमाएर १६८ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा ग¥यो। हेडले २८ रनमा पवेलियन फर्किए भने वेड ३० रनमा अविजित रहे। न्युजिल्यान्डका नेल वाग्नरले तीन विकेट लिए भने सन्टनरले एक विकेट लिए।
अस्ट्रेलियाले पहिलो इनिङमा ४६७ रन बनाएको थियो। पहिलो इनिङमा हेडले ११४ रन बनाए। कप्तान टिम पाइनले ७९, स्टिभ स्मिथले ८५ तथा मार्नुस लाबुसेनले ६३ रन बनाएका थिए। अस्ट्रे्लियाका पेट कुमिन्सनले पाँच तथा प्याटिन्सनले तीन र मिचेल स्टार्कले दुई विकेट लिएपछि न्युजिल्यान्डले पहिलो इनिङमा १४८ रन मात्र बनाएको थियो।
पहिलो इनिङमा न्युजल्यान्डका टम लाथमले ४० रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।