गाजापट्टी हमलामा बालबालिका बढी पीडित
बीबीसी। प्यालेस्टिनी चरमपन्थी र इजरायली सेनाबीच गाजापट्टीमा जारी झडपमा बालबालिका बढी पीडित हुन पुगेका छन्। ज्यान जोगाउन त्यहाँका बासिन्दाहरु लुक्न बाध्य छन्। वर्षौंदेखि चलेको संघर्षमा ज्यान गुमाउने र घाइते हुनेको यकिन संख्या बताउनै गाह्रो छ। हमासले गाजापट्टीमा बस्ने मानिसहरुको लागि त्यो ठाउँलाई ‘नर्क’ बनाइदिने बताएका छन्। यसबाट मानिसहरु डराएका छन् भने बालबालिकाको भविष्य अन्धकार हुन पुगेको छ।
प्रतिक्रिया दिनुहोस्