चन्द समूहका बाग्लुङ सेक्रेटरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं। ७ असोजमा प्रहरीले पक्राउ गरेका नेत्रविक्रम चन्द समूहका बाग्लुङ जिल्ला सेक्रेटरी रामबहादुर कुँवरलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले आज रिहा गर्न आदेश दिएको हो।

विना कारण हिरासतमा राखेको भन्दै परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेका थिए। आज अदालतले बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै उनलाई रिहा गर्न आदेश गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्