सरकारले माग्यो चीनसँग ९ करोडको 'एअर बेस्ड अक्स्जिन जेनेरेटर युनिट्स'
काठमाडौं। सरकारले चीनसँग सहयोग स्वरुप ५० लाख चिनियाँ युआन (९ करोड ११ लाख ६३ हजार रुपैयाँ) बराबरको 'एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स' मागेको छ। चीन सरकारको कोभिड सहायताअन्तर्गत नेपालले बेइजिङस्थित दूतावासमार्फत उक्त सामग्री मागेको हो। कोरोना संक्रमित बढ्दै जाँदा देशमा अक्सिजन र सिलिन्डरको अभाव भएपछि सरकारले चीन उक्त सामाग्री मागेको हो।
प्रतिक्रिया दिनुहोस्