काठमाडौं। न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करण पुस तेस्रो साताबाट हुने भएको छ। काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा हुने प्रतियोगिता २३–२६ पुसमा हुनेछ।
प्रतियोगितामा ६ देखि ८ टोलीको सहभागिता रहने आयोजक न्यू डायमण्ड स्पोर्टस् क्लबका अध्यक्ष सुनकेशरी मालीले बताइन्। केही दिनमै सहभागिता जनाउने टोलीको टुंगो लाग्ने उनको भनाइ छ।
प्रतियोगिता संयोजक कुमार राईले प्रतियोगिता लिगकम नकआउटका आधारमा हुने बताए। उनले आठ टीम भए चार समूहमा तथा ६ टीम मात्र भयो भने दुई समूहमा विभाजन गर्ने बताए।
उनका अनुसार आठ भए चार समूहमा विभाजन गरी विजेता र उपविजेताले क्वार्टरफाइनल खेल्नेछन्। ६ टीमको मात्र सहभागिता भयो भने दुई टोलीमा विभाजन गरी समूह विजेता र उपविजेताले सीधै सेमिफाइनल खेल्ने राईको भनाइ छ।
प्रतियोगिताको विजेताले चार लाख १०१ रूपैयाँ नगद पुरस्कार जित्नेछ। उपविजेताले तीन लाख १०१ रूपैयाँ, तेस्रो हुनेले एक लाख ५१ हजार १०१ र चौथो हुनेले ५१ हजार १०१ रूपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १०१ रूपैयाँ पुरस्कार जित्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही सात हजार १०१ रूपैयाँ नगद पुरस्कार जित्ने आयोजकले जनाएको छ।
प्रतियोगितालाई होङ्गान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ। मुख्य प्रायोजनबापत् होङ्गान्जी बौद्ध समाजले न्यू डायमण्डलाई १५ लाख रूपैयाँ उपलब्ध गराउनेछ।
" /> काठमाडौं। न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करण पुस तेस्रो साताबाट हुने भएको छ। काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा हुने प्रतियोगिता २३–२६ पुसमा हुनेछ।

">