हिमालमा फोहर संकलन गर्दा सेनाले फेला पार्‍यो मानव कंकाल काठमाडौं। 'सफा हिमाल अभियान-२०२१' अन्तर्गत फोहोर संकलन कार्यमा खटिएको नेपाली सेनासहितको संयुक्त टोलीले सगरमाथाको दोस्रो आधार शिविरमा मानव कंकाल फेला पारेको छ। संकलित फोहोरलाई आधार शिविरमा रिप्याकिङ गर्ने क्रममा मानव कंकालको दायाँ हात र बाँया पाखुरा फेला पारेको हो। उक्त मानव कंकाललाई सगरमाथा आधार शिविरबाट हेलिकप्टरमार्फत् लुक्ला पठाइएको र आवश्यक प्रक्रियाको लागि लुक्लास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्