प्रदेश ३ को राजधानी र नाम ताेक्ने निर्णयमा नेकपाकै प्रदेश सांसदको विराेध (भिडिओसहित)

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम र राजधानीबारे गरेको निर्णयमा नेकपाकै सांसदहरूले असन्तुष्टि जनाएका छन्।

आज बसेकाे नेकपा केन्द्रीय सचिवालयकाे बैठकले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडामा राख्ने निर्णय गरेकाे थियाे।

याे निर्णयप्रति विराेध जनाउँदै नेकपाकै प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन्।

नेकपाका प्रदेश सभा सदस्य रत्न ढकालले सचिवालयको निर्णय संविधान र संघीयताको मर्मविपरीत भएको बताए। “संविधानमा प्रदेशको नाम र राजधानी प्रदेश सभाको दुईतिहाइ मतले तोक्नेछ भनेर स्पष्ट लेखिएको छ”, ढकालले भने, “यसलाई पार्टी र दलले ह्वीप लगाउने वा निर्देशन दिने विषय बनाइनु हुँदैन।”

सचिवालयकाे निर्णयबारे आफूहरूले आधिकारिक जानकारी भने नपाएकाे उनले बताए। “साँच्चै नै पार्टीले निर्णय गरेको हो भने त्यो निर्णय सच्याउनुपर्छ”, ढकालले भने, “होइन भने हामी पार्टीको यो निर्णय नमानेर अगाडि बढ्न पनि सक्छौं।”

नेकपाकै अर्का प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले भने प्रदेशको नाम र राजधानीबारे पार्टीले निर्णय गरेको भन्ने आफूलाई नलागेको बताए। “पार्टीले यसो गरिदिए हुन्थ्यो भनेर सुझाव दिएको हुन सक्छ”, उनले भने, “प्रदेश राजधानी तोक्ने अधिकार प्रदेश सभालाई भएकाले पार्टीले त्यस्तो निर्णय गरेको होला जस्तो मलाई लाग्दैन।”

पढ्नुहाेस्ः

नेकपा सचिवालय बैठकः प्रदेश ३ काे नाम वागमती, राजधानी हेटाैंडा

एक साताभित्र स्थायी नाम र राजधानीको टुंगो लाग्छ: मुख्यमन्त्री पौडेल

प्रतिक्रिया दिनुहोस्