आज मुस्लिम धर्मावलम्बीहरू इद मनाउदै काठमाडाैं।इस्लाम धर्मावलम्वीहरू महान पर्व रमजान धुमधामसँग मनाउँदैछन्।यो पर्वलाई ‘इद उल फित्र’ पनि भनिन्छ।मुस्लिम धर्मावलम्बीहरू एक महिनासम्म रोजा(उपावास)बसेका थिए।नयाँ वर्षसँगै सुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो।रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्