उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने १९ सय ९२ वटा सवारी होल्डमा काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९९२ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामा १ हजार ३०५ वटा दुई पाङग्रे, ४३५ वटा चार पाङ्ग्रे, ९२ वटा ट्याक्सी र १६० वटा अन्य ठूला सवारी साधन रहेका छन्। निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र पास भएका बाहेकका सवारी साधनको आवागमनमा निषेध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्