एनआरएनएले चीनबाट १७० अक्सिजन कन्सन्ट्रेटर पठाउने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चीनबाट १७० थान अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल पठाउने जनाएको छ। केहीदिनमै ती कन्सन्ट्रेटर नेपाल पुग्ने एनआरएनएले बताएको छ। यसको लागि १ करोड ३७ लाख खर्च लाग्ने एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेछ छ। चीनबाट पठाइने कन्सन्ट्रेटरमध्ये एनसीसी चाइनाले ७० वटा सहयोग उपलब्ध गराउनेछ। ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय भइरहेको एनआरएनले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्