अवतरणका बेला विमानको झ्याल किन खुल्लै राख्नुपर्छ?

काठमाडौं । तपाईंले हवाई यात्रा गर्ने बेलामा पक्कै पनि ख्याल गर्नु भएकै होला, विमान अवतरण गर्ने बेला भएपछि ‘क्याबिन क्रु मेम्बर’हरुको सक्रियता बढ्छ।

पाइलटको निर्देशनमा ‘क्याबिन क्रु’ले विमान अवतरण गर्ने बेला भएकाले मोबाइलको स्वीच बन्द गर्न, सिटबेल्ट बाँध्न र धुम्रपान नगर्न निर्देशन दिन्छन्।

त्यो सँगसँगै उनीहरुले दिने अर्को निर्देशन पनि हुन्छ–झ्यालको पर्दा वा सिसा खुला राख्नुहोस्।

सिटबेल्ट बाँध्ने, मोबाइलको स्वीच बन्द गर्ने र धुम्रपान नगर्ने कुरा सुरक्षासँग जोडिने गर्छ।

के झ्यालको पर्दा खुला राख्नुपर्नेका पछाडि पनि यस्तै कारण होलान् ?

पक्कै पनि। विमान अवतरण गर्ने बेलामा झ्याल खोल्दा विमानस्थल वरपरको दृश्य देख्न पाइन्छ।

यदि तपाईं नयाँ शहरमा पुग्दै हुनुहुन्छ भने त यो झनै लाभदायक हुन्छ।

तर, झ्यालको पर्दा खोल्नुका पछाडिको कारण यत्ति मात्र होइन। यसका पछाडि केही महत्वपूर्ण कारण छन्।

सबभन्दा पहिलो कारण हो, झ्याल खोल्दा बाहिरी वातावरणको प्रकाशसँग सामञ्जस्य स्थापित गर्न आँखालाई सघाउ पुर्‍याउँछ।

दिउँसोको यात्रा छ भने अँध्यारो क्याबिनबाट एकै पटक उज्यालो वातावरणमा जाँदा आँखा तिर्मिराउन सक्छ।

त्यसैले झ्याल खुला राख्दा आँखा तिर्मिराउने खतरा टर्छ। रातिको यात्रामा त झ्याल खुला राख्नु झनै हितकारी हुन्छ।

त्यसैले रातिको समयमा विमान ओर्लने बेलामा क्याबिनका बत्तीहरु मधुरा बनाइन्छन्।

झ्याल खुला राख्नुका अरु पनि कारण छन्। झ्यालको पर्दा खुलै राख्दा ‘क्रु मेम्बर’हरुलाई बाहिरको दृश्य हेर्न सजिलो हुन्छ।

उनीहरुको आँखालाई सजिलो बनाउनका लागि मात्र यो आवश्यक भएको होइन। बाहिर के भइरहेको छ भन्ने जान्नु ‘क्रु मेम्बर’का लागि निकै आवश्यक हुन्छ।

प्रायजसो ‘क्रु मेम्बर’को सिट पछाडि फर्किएको हुन्छ। यदि केही घटना भइहाले उनीहरुले देख्नासाथ सहयोग गर्न सक्छन्।

त्यसैले पनि ‘क्रु मेम्बर’ले बाहिरी वातावरण हेर्नु आवश्यक छ।

त्यसो भए झ्यालको पर्दा खुला राख्दा आपत्कालीन अवस्थामा पनि सघाउ पुर्‍याउँछ त ?

आवश्यक परेको खण्डमा ९० सेकेण्डभित्र सबैलाई ओराल्न सक्ने गरी विमानहरु डिजाइन र परिक्षण गरिएका हुन्छन्।

‘क्याबिन क्रु’हरु पनि त्यसैगरी प्रशिक्षित हुन्छन्। तालिमका क्रममा ‘क्रु मेम्बर’हरुले बाहिरी वातावरण हेरेर तुरुन्त सावधानीका उपाय अपनाउने तरिका सिकेका हुन्छन्।

उनीहरुका लागि यात्रुहरु अप्ठेरो पर्दा हेर्न सकिने अतिरिक्त आँखाहरु हुन्। त्यसैले नचाहिँदा प्रश्न सोधेर मुर्ख नबन्नुहोस् ।

झ्यालको पर्दा खुलै राख्नुको अर्थ आपतकालीन अवस्थामा ‘क्रु मेम्बर’हरुले भित्रको सबै दृश्य स्पष्टसँग देखून् भन्ने पनि हो।

अवश्य पनि पर्याप्त उज्यालो भएपछि मात्र उनीहरुले अलिकति धुवाँ पुत्याएको पनि देख्न सक्छन्।

त्यस्तो अवस्थामा उनीहरुले तुरुन्तै आपतकालीन ढोकाहरु खोल्न सक्छन्।

झ्यालको पर्दा खुलै राख्नुका अन्य फाइदा पनि छन्। यसले अर्को उडानका लागि विमानका पखेटा जाँच गर्न पनि सघाउँछ।

त्यसबाहेक ‘क्रु मेम्बर’हरूलाई कुनै झ्याल फोहोर छ, छैन भनेर जाँच्न पनि सजिलो हुन्छ।

झ्यालका पर्दा खुला राख्नुका यति धेरै फाइदा छन् भने कहिलेकाहीँ घामका चर्का किरणले पोले भनेर बन्द किन गरिरहने ?

– लोन्लीप्लानेट डटकमबाट

प्रतिक्रिया दिनुहोस्