कार किन्न भारतका एक दम्पत्तिले बेचे नवजात बच्चा
एजेन्सी। भारतको उत्तर प्रदेशमा एक दम्पत्तिले सेकेण्ड ह्याण्ड कार किन्न आफ्नो सानो बच्चालाई डेढ लाख भारतीय रुपैयाँमा व्यापारीलाई बेचेको खुलेको छ। घटनाको खुलासा बच्चाको हजुरबुबा/हजुरआमाले गरेका थिए। उनीहरुले बच्चा बेचेको आरोपमा बच्चाको बाबुआमाविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। बच्चा तीन महिना अघि कन्नौजको तिरवा कोतवाली क्षेत्रमा जन्मिएको थियो। बच्चा अझै पनि व्यापारीसँग रहेको छ।
प्रतिक्रिया दिनुहोस्