तीन हाइड्रो कम्पनीमा ८५ अर्बको वैदेशिक लगानी स्वीकृत
काठमाडौं। लगानी बोर्डले तीन हाइड्रो कम्पनीमा ८५ अर्ब रूपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ।

आज बालुवाटारमा बसेको बोर्डको बैठकले ८५ अर्बको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकल माथिल्लो त्रिशुली–१ आयोजनाका लागि ६५ अर्ब, मर्स्याङ्दी–बेँसी जलविद्युत परियोजनाका लागि ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली थ्री–बी परियोजनाका लागि ८ अर्ब २२ करोड रूपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ।

बोर्डमा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्