धनकुटामा जेठ १५ गतेसम्म निषेद्याज्ञा थप
धनकुटा। कोभिड-१९ को संक्रमण बढेपछि धनकुटामा जेठ १५ गतेसम्म निषेद्याज्ञा थप गरिएको छ। हरेकदिन धनकुटामा संक्रमित बढिरहेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)को सिफारिसको आधारमा निषेद्याज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यस अघि बैशाख २४ गतेदेखि ३१ गतेसम्म निषेद्याज्ञा जारी गरिएको थियो। हालसम्म धनकुटामा १५० जनामा कोभिड-१९ को सक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्