अटोमोबाइल मापदण्ड निर्धारणमा चीनलाई टेस्लाले सघाउने एजेन्सी। बहुचर्चित टेक कम्पनी टेस्लाले चीनमा अटोमोबाइल मापदण्ड निर्धारणमा आफ्नो कम्पनीले सघाउने बताएको छ। टेस्लाले हालै आफ्नो वेबो एकाउन्टमा पोष्ट गर्दै चीनमा अटोमोबाइल मापदण्ड निर्धारणमा आफूले सघाउने उल्लेख गरेको हो। चीनको साइबरस्पेस एड्मिनिस्ट्रेशनले अटोमोबाइल क्षेत्रको तथ्याङ्कसम्बन्धी नियमावलीसम्बन्धी मस्यौदा पेश गरेपछि टेस्लाको यस्तो प्रस्ताव आएको हो। एक हप्ताअघि पेश भएको मस्यौदाअनुसार अटोमोबाइल उत्पादकले ग्राहकबाट ड्राइभिङ डाटा संकलन गर्न उनीहरुसँग अनुमति लिनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्