एनआरएनएले सुरु गर्‍यो 'अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं' अभियान काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले 'अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं' अभियान सुरु गरेको छ। कोभिड-१९ को दोश्रो लहरले नेपाल आक्रान्त भएपछि अस्पतालमा अक्सिजन, आइसियू बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि संघले सो अभियान सुरु गरेको हो। संकटको घडीमा आर्थिक संकलन अभियान थालेको संघका महासचिव डा. हेमराज शर्माले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्