इजरायलले ४० मिनेटमा ४५० मिसाइल प्यालेस्टाइनमा हान्यो
एजेन्सी। इजरायल र प्यालेस्टाइनबीचको संघर्ष पछिल्ला दिन झन् चर्किदै गएको छ। गएराती इजरायलले प्यालेस्टाइनमा ४० मिनेटको अवधिमा ४५० वटा मिसाइल प्रहार गरेको इजरायलको रक्षा मन्त्रालयले जनाएको छ। हमासको १५० ठेगानामा मिसाइल प्रहार गरिएको बताइएको छ। आक्रमणबाट हमासको ठूलो क्षति भएको इजरायलको दाबी छ। हमासले पनि इजरायलमा रकेट आक्रमण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्