काठमाडौं। इङ्ल्यान्डले थप ६४ रन जोड्दा पछिल्लो सात विकेट गुमाएपछि दक्षिण अफ्रिकाले सेन्चुरियनमा सम्पन्न पहिलो टेष्टमा १०७ रनको विजय हासिल गरेको छ। यससँगै चार खेलको टेष्ट शृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ।
इङ्ल्यान्डले १२१–१ को स्थितिबाट चौथो दिन शुरू गरेको थियो। ९ विकेट हातमा हुँदा इङ्ल्यान्डलाई जितका लागि २५५ रन आवश्यक थियो। रोरे बर्नस ७७ र जोए डेनली १० रनको स्थितिमा थिए। चौथो दिन उनले थप चार रनमात्र जोडे। डेनली पनि ३१ जोडेर आउट हुँदा इङ्ल्यान्ड १५८–३ को स्थितिमा थियो।
त्यसपछि जो रूट र बेन स्टोक्सले इङ्ल्यान्डको इनिङ सम्हाल्ने प्रयास गरे। तर एनरिच नोर्टजेले रूटलाई विकेटकिपर क्विन्टन डी ककमार्फत क्याच गरेपछि इङ्ल्यान्डले लगातार विकेट गुमायो। २६८ रन जोड्दा इङ्ल्यान्डले सबै विकेट गुमायो।
स्टोक्सले १४ तथा जोस बट्लरले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। दक्षिण अफ्रिकाका कागिसो राबडाले चार विकेट लिए भने नोर्टजेले तीन विकेट लिए। केशब महाराजले दुई तथा ड्वानी प्रेटोरियसले एक विकेट लिए।
सेन्चुरियनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो इनिङमा २८४ रन बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा १८१ रन बनाएको थियो। दक्षिण अफ्रिकाले दोस्रो इनिङमा २७२ रन बनाएको थियो भने इङ्ल्यान्डले २६८ रन सबै विकेट गुमायो।