काठमाडौं। लगानी बोर्डले जलविद्युत आयोजनामा ८५ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
१३ पुसमा प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औं बैठकले सो निर्णय गरेको हो।
कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली एक जनविद्युत आयोजनाका लागि करीब ६५ अर्ब रूपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै चिनियाँ कम्पनीले नै निर्माण गर्न लागेको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली- ३ बी आयोजनाका लागि आठ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृति गर्ने बैठकको निर्णय छ।