अब सडकमै सवारीको 'ट्रायल' परीक्षा
काठमाडौं। ठूला सवारीसाधनको लाइसेन्सको परीक्षा विधि परिवर्तन गरिने भएको छ।

सार्वजनिक सवारी दुर्घटना बढेपछि लाइसेन्सको परीक्षा प्रणाली परिवर्तन गरी थप व्यवहारिक बनाउन लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा ठूला सवारीसाधनको लाइसेन्स परीक्षा प्रणाली परिवर्तन गर्न प्रस्ताव गरेको छ ।

लिखित र प्रयोगात्मक परीक्षालाई अझ व्यवहारिक बनाइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार गरी संघीय संसद्को हिउँदे अधिवेशनबाट पारित गराउने योजना बनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ।

दैनिकजसो सार्वजनिक सवारी दुर्घटना हुन थालेपछि विभागले व्यवहारिक परीक्षण प्रणाली अपनाउन थालेको हो।

विभागका अनुसार सवारीसाधन दुर्घटनाको ८० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।

नयाँ परीक्षा प्रणालीका बारेमा महानिर्देशक हमालले भने, "लिखित परीक्षामा निश्चित समयको कोर्स नै राख्न लागेका छौँ, तीन महिनाको कोर्स राख्न प्रस्ताव गरेका छौँ साथै सवारीसाधनको अवस्था, यात्रुसँग गर्ने व्यवहारलगायतका विषय समेटेका छौँ।"

अब सडकमै गएर ट्रायल पास गर्नुपर्ने व्यवस्था हुने छ।

फिल्डमा गरिने प्रयोगात्मक परीक्षा पास भएपछि लाइसेन्स पाउनका लागि छ महीना ट्रायल अवधि राखिने छ।

यो अवधिमा ड्राइभिङ रिपोर्ट राम्रो भए मात्रै लाइसेन्स पाइने छ। रिपोर्ट राम्रो नभए पुनः तीन महीना ट्रायल अवधि थपिने हमालको भनाइ छ ।

विभागले यातायातले सङ्घीय ऐनमार्फत ट्राफिक जरिवाना पनि बढाउन लागेको छ । ट्राफिक नियम उल्लंघन अवस्था हेरेर तीन गुणासम्म जरिवाना बढाउन प्रस्ताव गरिएको छ । न्यून जरिवानाका कारण नियम मिच्नेको सङ्ख्या बढेको र दुर्घटना बढाएको विभागको दाबी छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्