कांग्रेससँग मोर्चाबन्दी गर्दै समाजवादी

काठमाडौं। सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग नजिकिएको छ।

कांग्रेससँग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ।

राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्।

सरकारको कार्यशैलीविरुद्ध सहकार्य गर्न प्रस्तावसहित नेताहरूले कांग्रेसका नेताहरूसँग संवाद र छलफल शुरू गरेको आजको नागरिक दैनिकमा समाचार छ।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ १० पुस साँझ देउवा निवास बूढानिलकण्ठ पुगेका थियो।

छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधि पनि थिए।

समाजवादीका महासचिव रमसाहाय यादवले समाजवादी पार्टीले उठाएका माग र अजेन्डा कार्यान्वयन गर्न जोसुकै पार्टीसँग पनि कुराकानी गर्ने बताए।

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भइसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्